बङ्गलादेशको जहाज दुर्घटना

बङ्गलादेशको जहाज दुर्घटनामा मर्नेको सङ्ख्या २७ पुग्यो

आप्रवासन आप्रवासन

बङ्गलादेशमा भएको जहाज दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ।

दुर्घटनामा ज्यान गुमाउनेमा २५ जना बालबालिका, एक शिक्षक र एक पाइलट रहेको बङ्गलादेशी पत्रिका ढाका ट्रिब्युनले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ७८ जनाको उपचार भइरहेको छ ।

राजधानी ढाकाको उत्तरा क्षेत्रमा रहेको माइलस्टोन स्कुल एन्ड कलेजमा वायुसेनाको जहाज प्रशिक्षणका क्रममा माइल स्टोन स्कुल एन्ड कलेजमा खसेको थियो ।

उक्त जहाजले सोमबार दिउँसो १ बजेर ६ मिनेटमा कुर्मिटोला एयर बेसबाट उडान भरेको थियो।

तर, त्यसको केही मिनेटमै जहाज विद्यालय भवनमा खसेको थियो ।

सैन्य प्रशासनबाट जारी विज्ञप्ति अनुसार मोहम्मद ताउकिर इस्लामले उडान भरेका थिए।

घटनाको अनुसन्धानका लागि समिति बनाइएको छ।

बंगलादेश वायुसेनामा सन् १९९२ यता २७ वटा लडाकु र प्रशिक्षण जहाज दुर्घटना भइसकेका छन्।