ट्रम्पलाई चीन भ्रमणको निम्तो

चीनले ट्रम्पलाई दियो भ्रमणको निम्तो

आप्रवासन आप्रवासन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति शी जिनपिङले आफूलाई चीन भ्रमणको लागि निम्तो दिएको बताएका छन ।

मंगलबार ह्वाइट हाउसमा पत्रकारहरुसँग बोल्दै ट्रम्पले चीनबाट भ्रमणको निम्तो पाएको बताएका हुन् ।

ट्रम्पले आफू चाँडै चीन जान सक्ने समेत बताएका छन् ।

ट्रम्ले भने, “राष्ट्रपति शीले मलाई चीन आउन निम्तो दिएका छन्। हामी सायद धेरै चाँडै त्यहाँ जानेछौँ ।”

यद्यपि, उनले भ्रमणको ठोस मिति भने खुलाएनन् ।

सम्भवत ट्रम्पको चीन भ्रमण ट्रम्पको एसिया भ्रमणको क्रममा हुन सक्छ ।

राष्ट्रपति ट्रम्पले चीनसँग धेरै अन्तर्राष्ट्रिय मुद्दाहरूमा कुराकानी गर्न तयार रहेको बताउने गरेका छन् ।

चीनले अमेरिकासँगको व्यापार युद्ध मत्थर भएको बेला ट्रम्पलाई भ्रमणको निम्तो पठाएको हो ।

गत जुलाई ११ मा अमेरिकाका विदेश मन्त्री मार्को रुबियो र चीनका विदेश मन्त्री वाङ यीबीच मलेसियामा भेटवार्ता भएको थियो ।

त्यसयस भेटवार्तालाई दुई देशबीचको तनाव कम गर्ने दिशामा महत्वपूर्ण कदम मानिएको छ ।