ट्रम्प प्रशासन र कोलम्बिया विश्वविद्यालय

ट्रम्प प्रशासनलाई २०० मिलियन तिर्न कोलम्बिया विश्वविद्यालय तयार

आप्रवासन आप्रवासन

अमेरिकाको कोलम्बिया विश्वविद्यालय र ट्रम्प प्रशासनबिच सुलह भएको छ ।

योसँगै विश्वविद्यालयले ट्रम्प प्रशासनलाई २०० मिलियन अमेरिकी डलर जरिवाना तिर्ने भएको छ ।

यो रकम यहुदी विद्यार्थीहरूलाई पर्याप्त सुरक्षा नदिएको भन्ने ट्रम्प प्रशासनको आरोप र जरिवाना तिर्नुपर्ने सर्त अनुरूप भुक्तान गर्न लागिएको हो ।

विश्वविद्यालयले ३ वर्षभित्र सङ्घीय सरकारलाई उक्त रकम तिर्ने सहमति भएको छ ।

यस सहमतिसँगै सङ्घीय सरकारले समेत रोकेको ४०० मिलियन डलर बराबरका अनुदानमध्ये केही रकम विश्वविद्यालयलाई पुनः उपलब्ध गराउने छ । 

गत वर्ष न्यूयोर्क सहरस्थित कोलम्बिया क्याम्पसमा इजरायल गाजा युद्ध विरोधी प्रदर्शनका क्रममा यहुदी विरोध नियन्त्रण गर्न विश्वविद्यालय असफल भएको आरोप ट्रम्प प्रशासनले लगाउँदै आएको थियो ।

तर अन्ततः दुई बिचको सहमति पछि विश्वविद्यालयमा गरिएका परिवर्तनहरूको निगरानी गर्नका लागि स्वतन्त्र निरीक्षक नियुक्त गरिने भएको छ ।

निरीक्षकलाई विश्वविद्यालय र सङ्घीय सरकारले संयुक्त रूपमा चयन गर्ने बताइएको छ ।