रुसमा जहाज बेपत्ता

रुसमा ४९ जना सवार जहाज बेपत्ता

आप्रवासन आप्रवासन

रसियाको सुदूर पूर्वमा ४९ जना सवार एउटा जहाज बेपत्ता भएको छ। 

रोयटर्सका अनुसार बिहीबार एन्गारा एयरलाइन्सको एएन–२४ जहाज टिण्डा सहरतर्फ जाँदै गर्दा एयर ट्राफिक कन्ट्रोलको राडारबाट सम्पर्कविहीन भएको हो । 

साइबेरियामा आधारित एयरलाइन्स एन्गारा ब्लागोभेसचेन्स्कबाट चीनसँग सीमा जोडिएको अमुर क्षेत्रको टिन्डा सहरमा अवतरण गर्ने गरी उडेको थियो।

त्यहाँका गभर्नर भासिली ओरलोभका अनुसार जहाजमा ५ जना बालबालिकासहित ४३ जना यात्रु र ६ जना चालक दल सदस्य छन्। 

गभर्नर ओरलोभले जहाजको खोजीका लागि आवश्यक सबै सुरक्षाकर्मी, उद्धार टोली र स्रोत परिचालन गरिएको छ ।