रूसमा बेपत्ता भएको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।
बिहीबार टिण्डा सहरतर्फ जाँदै गर्दा एयर ट्राफिक कन्ट्रोलको राडारबाट सम्पर्कविहीन भएको एन्गारा एयरलाइन्सको एएन–२४ जहाज टिण्डाभन्दा १६ किलोमिटर वर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।
जहाज सम्पर्कविहीन भएपछि त्यसको खोजीका लागि हेलिकप्टर परिचालन गरिएको थियो।
हेलिकप्टरमा सवार उद्धारकर्ताहरूले टिन्डाको विमानस्थलबाट वर भिरालो जंगलमा जहाज दुर्घटनाग्रस्त भेटिएको हो। जहाजमा ५ जना बालबालिकासहित ४३ जना यात्रु र ६ जना चालक दल सदस्य गरी ४९ जना सवार थिए ।
उनीहरुमध्ये कोही पनि जिवित भेटिने सम्भावना नरहेको उद्धारकर्ताहरूले बताएका छन्।