हरिद्वारमा भागदौड

भारतको हरिद्वारको एक मन्दिरमा भागदौड, ८ जनाको मृत्यु

आप्रवासन आप्रवासन

भारतको उत्तराखण्ड राज्यको हरिद्वारस्थित मनसादेवी मन्दिरमा भागदौड मच्चिएको छ ।

भारतीय मिडिया टाइम्स अफ इन्डियाका अनुसार भागदौडका कारण हालसम्म कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।

घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक छ ।

मन्दिरमा भक्तजनहरूको भीड जम्मा भएका बेला आइतबार बिहान ८:३० बजे अकस्मात् भागदौड सुरु भएको थियो ।

बिजुलीको तार चुँडिएर करेन्ट फैलिएको अफवाहका कारण भागदौड मच्चिएको बताइएको छ ।

अस्पताल पुर्‍याइएका र पछि मृत घोषित एक जनाको शरीरमा करेन्ट लागेको पाइएको थियो । 

यद्यपि, उत्तराखण्डको विद्युत् कर्पोरेसन लिमिटेडले भने घटनामा विद्युत् सर्ट नभएको र तार समेत नचुँडिएको बताएको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

हरिद्वार नेपाली धार्मिक पर्यटकहरूको प्रमुख गन्तव्यमध्ये एक हो ।