थाइल्यान्ड र कम्बोडियाबिच सोमबार अर्थात् आज मलेसियामा वार्ता हुने भएको छ ।
थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथम भेचायचाई र कम्बोडियाली प्रधानमन्त्री हुन मानेट नेतृत्वको दुवैतर्फको प्रतिनिधिमण्डलबिच वार्ता हुन लागेको हो ।
वार्तामा मलेसियाले समन्वय गर्ने छ ।
सीमामा झडप सुरु भएको पाँचौँ दिनमा र युद्ध बिराममा सहमत भएको भोलिपल्ट २ बिच वार्ता हुन लागेको हो ।
त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री वेचायचाई र कम्बोडियाका प्रधानमन्त्री मानेटसँग कुराकानी गर्दै युद्ध बिराम गर्न भनेका थिए ।
ट्रम्पले सीमामा झडप जारी रहे युद्धमा सरिक हुने देशलाई व्यापार प्रतिबन्ध लगाउने चेतावनी समेत दिएका थिए।
ट्रम्पको चेतावनी र बढ्दो आन्तरिक र बाह्य दबाबका माझ दुवै देश युद्ध विरामका लागि आइतबार मात्रै राजी भएका थिए ।
सीमा सम्बन्धी चर्किएको विवाद सैन्य झडपमा परिणत हुँदा दुवै देशमा गरी ३३ जनाको ज्यान गएको छ भने हजारौँ विस्थापित भएका छन् ।