नेपालको पासपोर्ट

९९ वरीयतामध्ये नेपालको पासपोर्ट ९५औँ स्थानमा

आप्रवासन आप्रवासन

विश्व वरियतामा नेपाली पासपोर्ट निरन्तर कमजोर देखिएको छ ।

विश्वभरिका पासपोर्टका अध्ययन गर्ने प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्था हेन्ली एन्ड पार्ट्नर्सले सार्वजनिक गरेको सन् २०२५ को पासपोर्ट इन्डेक्समा नेपाल ३८ अङ्कसहित ९५ औँ स्थानमा परेको हो ।

नेपालसँगै लिबिया समेत समान ३८ अङ्कसहित ९५औँ स्थानमा छ । 

इन्डेक्समा जम्मा ९९ वटा सूची छ ।

अर्थात्, नेपाल पुछारबाट केही स्थान मात्र माथि छ ।

नेपालपछि पाकिस्तान, इराक, सिरिया, अफगानिस्तान लगायतका देश मात्र छन् ।

यद्यपि, अघिल्लो वर्षको दाँजोमा नेपालको स्थान केही सुधार भएको छ ।

सन् २०२४ मा नेपाल सूचीको ९८औँ स्थानमा थियो ।

नेपालबाट ३८ देशमा मात्रै बिना भिसा जान सकिन्छ ।

१९३ देशमा भिसा बिनै घुम्न सकिने सिंगापुरको पासपोर्ट एक नम्बरमा छ ।

जापान र दक्षिण कोरिया दोस्रो स्थानमा छन् ।

गत वर्ष पाँचौँ नम्बरमा रहेको अस्ट्रेलियाको पासपोर्ट ७ नम्बरमा झरेको छ ।

भारतको ७७ स्थानमा छ भने चीन ६० औँ स्थानमा छ ।