राहदानी विभाग र जर्मन कम्पनी भेरिडोसबीच पासपोर्ट छपाइसम्बन्धी सम्झौता भएको छ ।
सोमबार राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र भेरिडोसका प्रतिनिधिबीच राहदानी छपाइसम्बन्धी सम्झौता भएको हो ।
सम्झौता भएसँगै पासपोर्ट छपाइ गर्ने पक्रियाले गति लिनेछ ।
राहदानी विभागले ६ साउनमा ६४ लाख राहदानी छपाइका दुई जर्मन कम्पनीलाई सम्झौताका लागि आउन १५ दिनको समय दिएर पत्राचार गरेको थियो।
विभागले प्याकेज १ अन्तर्गतको कामका लागि जर्मन कम्पनी मुलबाउर र प्याकेज २ अन्तर्गतको कामका लागि जर्मन कम्पनी भेरिडोसलाई सम्झौता गर्न आउन पत्र पठाएको हो।
प्याकेज १ मा स्टिम इन्क्लुडिङ प्रि-इनरोलमेन्ट, इनरोलमेन्ट, डाटा म्यानेजमेन्ट र डेलिभरीको काम रहेको छ भने प्याकेज २ मा बुकलेट, पर्सनलाइजेसन, क्वालिटी कन्ट्रोल र प्याकेजिङु रहेको छ।
दुई प्याकेजमध्ये आज प्याकेज २ अन्तर्गतको कामका लागि सम्झौता भएको हो