अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनविरुद्ध अमेरिकाका २१ राज्यहरू एक जुट भएका छन् ।
सोमबार ती राज्यहरूका महान्यायाधिवक्ताहरूले ट्रम्प प्रशासनविरुद्ध संयुक्त रूपमा एक मुद्दा दायर गरेका छन् ।
मुद्दा सन फ्रान्सिस्कोको एक सङ्घीय अदालतमा दायर भएको छ ।
केही साताअघि अमेरिकाको कृषि मन्त्रालयले यूएसडीएमार्फत स्न्याप योजनाबाट लाभान्वित नागरिकहरूको जन्म मिति, ठेगाना र नागरिकताको स्थिति जस्ता व्यक्तिगत विवरण उपलब्ध गराउन सबै राज्यहरूलाई भनेको थियो ।
तर यसको उद्देश्य आप्रवासी विरोधी कार्यलाई अझ बलियो बनाउनु भएको र मान्छेको ज्यान बचाउने यस कार्यक्रमलाई गैर कानुनी रूपमा प्रयोग गरी आप्रवासी र तिनको परिवार खोजी गर्ने कार्यमा प्रयोग हुन नदिने भन्दै त्यसका विरुद्ध मुद्दा हाल्नु परेको न्यूयोर्ककी महान्यायाधिवक्ता लेटिटिया जेम्स बताइन् ।
स्न्याप अमेरिकाभित्र सञ्चालित एक पूरक पोषण सहायता कार्यक्रम हो ।