थाइल्यान्डले कम्बोडियामाथि जानाजानी युद्ध विराम उल्लङ्घन गरेको आरोप लगाएको छ ।
थाई सेनाले गत मध्यरातपछि आफ्नो तर्फबाट गोलाबारी बन्द गरिएको तर कम्बोडियाले भने आज बिहानसम्मै धेरै स्थानहरूमा गोलाबारी जारी राखेको जिकिर गरेको हो ।
तर कम्बोडियाले भने थाइल्यान्डको आरोप अस्वीकार गरेको छ ।
कम्बोडियाको रक्षा मन्त्रालयले मध्यरातमा युद्ध विराम सुरु भएदेखि कुनै आक्रमण नगरिएको एएफपी समाचार एजेन्सीसँग बताएको हो ।
कम्बोडियाले युद्ध बिराम लागु भएयता दुई पक्षबिच कुनै सशस्त्र झडप नभएको समेत बताएको छ।
गत बिहीबारदेखि कम्बोडिया र थाइल्यान्ड बिच सीमा क्षेत्रमा सुरु भएको झडप सैन्य द्वन्द्वमा परिणत भएको थियो ।
सोमबार मात्र थाइल्यान्ड र कम्बोडिया बिच युद्ध विराम भएको हो ।
शताब्दी पुरानो सीमा सम्बन्धी विवाद झडपमा परिणत भएको पाँचौँ दिनमा दुवै मुलुक युद्ध बिराममा सहमत भएका हुन् ।
युद्ध विराम सोमबार मध्यरातदेखि लागु गरिएको छ ।