अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दर्जन बढी देशहरुमाथि ट्यारिफ अर्थात भन्सार कर घोषणा गरेका छन् ।
एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले १० देखि ४१ प्रतिशतसम्म भन्सार लगाएका हुन् ।
ट्रम्पले विभिन्न देशहरुलाई व्यापारिक सम्झौतामा आउन अगस्ट १ सम्मको म्याद दिएका थिए ।
सो समयसिमा सकिएसँगै ट्रम्पले सम्झौतामा आएका र आउन बाँकी देशहरुलाई समेटेर नयाँ भन्सार कर घोषणा गरेका हुन् ।
सबैभन्दा धेरै कर सिरिया, लाओस, म्यानमार लगायतका देशहरुमाथि लगाइएको छ ।
सिरियामाथि ४१ तथा लाओस र म्यानमारमाथि ४० प्रतिशत कर घोषणा गरिएको छ ।
क्यानडामाथि ३५ प्रतिशत कर घोषणा गरिएको छ।
यसअघि क्यानडामाथि २५ प्रतिशत कर घोषणा गरिएको थियो ।
भारतमाथि २५ प्रतिशत र ताइवानमाथि २० प्रतिशत कर लगाइएको छ ।
कम्बोडिया र थाइल्याण्डबिचको युद्ध अन्त्य गरिदिएको बताइरहेका ट्रम्पले दुवै देशमाथिको कर घटाएका छन् ।
यसअघि कम्बोडियामाथि ४९ प्रतिशत र थाइल्यान्डमाथि ३६ प्रतिशत कर घोषणा गरिएको थियो ।
तर अब दुवै देशलाई १९ प्रतिशत कर मात्र लाग्ने भएको छ ।
यस्तै, पाकिस्तानमाथि १९ प्रतिशतसँगै ईयु र न्युजिल्यान्डमाथि १५ प्रतिशत कर लाग्ने छ ।
अस्ट्रेलिया,युके, सिंगापुर र पूर्वी टिमोर माथि समान १० प्रतिशत कर घोषणा गरिएको छ ।
चीन र मेक्सिोमाथिको कर घोषणा गर्न बाँकी छ ।
नेपालमाथि पनि यसअघि घोषणा गरिएको १० प्रतिशत कर लाग्ने अपेक्षा छ ।
अमेरिकाको यस याँ करको घोषणाले विश्वमा पुन: हलचल ल्याएको छ ।