मोबाइल हरायो ? नआत्तिनुहोस् नेपाल टेलिकमले सुझाएको सरल तर जरुरी काम तुरुन्तै गर्नुहोस् मोबाइल हराएको खण्डमा सबैभन्दा पहिला तपाईंको सिम कार्ड ब्लक गर्नुपर्छ ।
किनभने त्यो सिमबाट तपाईंका व्यक्तिगत डाटा, बैंकिङ जानकारी वा सामाजिक सञ्जाल दुरुपयोग हुन सक्छ ।
सिम ब्लक गर्न नभएमा ध्यान दिएर सुन्नुहोस् ।
कुनै पनि नेपाल टेलिकम नम्बरबाट 1415 डायल गर्नुहोस् ।
फोनमा आउने निर्देशनहरू सुन्नुहोस् ।
हराएको नम्बर र SCODE (सेक्युरिटी कोड) इन्ट्री गर्नुहोस् ।
SCODE भनेको तपाईंको सिमसँग सम्बन्धित गोप्य सुरक्षा कोड हो।
सिम ब्लक, रिएक्टिभेट वा ब्यालेन्स ट्रान्सफर गर्न आवश्यक पर्छ ।
SCODE कसरि पत्ता लगाउन मोबाइलबाट SCODE लेखेर 1415 मा SMS गर्नुहोस् यसरी काम बनेन भने 9771415 मा SMS पठाउन सक्नुहुन्छ ।
अब सिम ब्लक हुनेछ ।
यदी मोबाइल फोन फेला पर्यो वा त्यही सिम एक्टिभ गर्नुपर्यो भने 1415 डायल गरेर निर्देशन अनुसार सिम रिएक्टिभेट गर्न सकिन्छ ।
जसका लागि फेरी SCODE आवश्यक पर्छ ।