अमेरिकाको एरिजोनाराज्यस्थित चिन्ले विमानस्थलमा मंगलबार एक मेडिकल ट्रान्सपोर्ट विमान दुर्घटनामा परेको छ ।
विमान दुर्घटना हुँदा त्यसमा सवार चार जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार बिचक्राफ्ट ३०० मोडेलको विमान स्थानीय समय अनुसार मंगरबार दिउँसो १२ः४० बजे अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।
विमानमा स्वास्थ्यकर्मीहरु सवार थिए र एक बिरामीलाई लिन अस्पताल जाँदै थिए ।
दुर्घटनाको कारण पत्ता लाग्न सकेको छैन ।
घटनाको जाँच भइरहेको छ ।