जापानमा बेरोजगारी दर २ दशमलव ५ प्रतिशतमा कायम रहेको छ ।
जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार बेरोजगारी दर पछिल्लो चार महिनादेखि स्थिर रहेको हो ।
मन्त्रालयका अनुसार जुन महिनासम्ममा जापानमा बेरोजगार व्यक्तिको सङ्ख्या १७ लाख २० हजारमा यथावत् छ ।
बेरोजगारमध्ये ८ लाख व्यक्तिले स्वेच्छाले जागिर छाडेका हुन् ।
यो अघिल्लो महिनाको तुलनामा ९ दशमलव ६ प्रतिशतले वृद्धि हो ।
त्यसैगरी कम्पनीबाट हटाइएका व्यक्तिहरूको सङ्ख्या घटेर ३ लाख ५० हजारमा पुगेको छ ।
यो १४ दशमलव ६ प्रतिशतले कम हो ।
जुन महिनामा उपलब्ध रोजगारी ५० हजारले घटेर ६ करोड ८३ लाख पुगेको छ ।
अर्थात् रोजगारीमा रहेका व्यक्तिहरूको सङ्ख्या भने ० दशमलव १ प्रतिशतले मात्र घटेको छ ।
जुनसम्ममा जापानी श्रम शक्ति ४० हजारले घटेको छ र ७ करोडमा झरेको छ ।
रोजगारीको उपलब्धता दर ० दशमलव ०२ अङ्कले घट्दै १ दशमलव २२ मा झरेको छ ।
यसको अर्थ जापानमा रोजगारी खोज्ने प्रत्येक एक सय व्यक्तिका लागि १२२ रोजगारीका अवसर उपलब्ध छ ।