क्यालिफोर्निया विश्वविद्यालयको अनुदान

ट्रम्प प्रशासनद्वारा क्यालिफोर्निया विश्वविद्यालयको अनुदान निलम्बन

आप्रवासन आप्रवासन

हार्वर्ड र कोलम्बिया विश्वविद्यालयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्यालिफोर्निया विश्वविद्यालयलाई निशाना बनाएको छ ।

ट्रम्प प्रशासनले क्यालिफोर्निया विश्वविद्यालयले ५८४ मिलियन डलर बराबरको सङ्घीय अनुसन्धान अनुदान निलम्बन गरेको हो ।

विश्वविद्यालयले प्यालेस्टाइनको समर्थन र गाजामा इजरायली कदमको विरुद्धमा प्रदर्शनलाई प्रक्षेय दिएको भन्दै अनुदान निलम्बन गरिएको हो । 

विश्वविद्यालय कुलपति जुलियो फ्र्याङ्कले बुधबार यसबारे जानकारी दिएका हुन् । 

विश्वविद्यालयले यहुदी र इजरायली विद्यार्थीहरू विरुद्ध भेदभाव र शत्रुतापूर्ण वातावरण बनाउन अनुमति दिएको आरोप ट्रम्प प्रशासनको छ । 

फ्र्याङ्कले अनुदान स्थायी रूपमा रोकिएमा त्यसले विश्वविद्यालयमा हुने अनुसन्धान प्रभावित हुने र यो विश्वविद्यालय र सम्पूर्ण देशको लागि विनाशकारी हुने बताएछन् ।

विश्वविद्यालयले यो पैसा राष्ट्रिय विज्ञान प्रतिष्ठान, राष्ट्रिय स्वास्थ्य संस्थान र ऊर्जा विभागबाट पाउँदै आएको थियो । 

यसअघि ट्रम्प प्रशासनले हार्वर्ड र कोलम्बिया विश्वविद्यालयसँग पनि यसै प्रकृतिको व्यवहार गरेको थियो ।

तर पछि दुवै विश्वविद्यालयले ट्रम्प प्रशासनको सर्तहरू पालना गर्न तयार भएपछि अनुदान क्रमिक रूपमा उपलब्ध गराउन थालिएको छ ।