विपिन जोशी

विपिन जोशीको परिवार सोमबार इजरायल जाँदै

आप्रवासन आप्रवासन

झन्डै २ वर्षदेखि हमासको कब्जामा रहेका विपिन जोशीको परिवार इजरायल जाने भएको छ ।

इजरायल सरकारको निमन्त्रणामा विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार इजरायल लागेका हुन् ।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार उनीहरू १० दिन इजरायलमा रहने छन् ।

इजरायलमा रहँदा उनीहरू विपिन अपहरणमा परेको  इजरायलको आलुमिम किबुज समेत जाने छन् ।

उनीहरूले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलगायत उच्च अधिकारीसँग भेट गर्ने कार्यक्रम तय भएको राजदूत पण्डितले जानकारी दिए ।

इजरायलले हमासमाथि अन्तर्राष्ट्रिय दबाब बढाउन विपिनको परिवारलाई संयुक्त राष्ट्र सङ्घसम्म पुर्‍याउने तयारी गरेको छ

सन् २०२३ अक्टोबर ७ मा हमासको आतङ्ककारी हमलामा परी १० जना नेपालीको ज्यान गएको थियो ।

हमास समूहले त्यस बेला नेपाली विद्यार्थी विपिन जोशीसहित २५१ जनालाई अपहरण गरेर लगेको थियो ।

हाल गाजामा हमाससँग ५० जना बन्धक रहेको र त्यसमध्ये कम्तीमा २० जना जीवित रहेको अनुमान छ ।

यद्यपि, विपिनको अवस्था भने अज्ञात छ ।