गाजा कब्जा

गाजा कब्जा गर्ने इजरायलको घोषणा, हमासको चेतावनी

आप्रवासन आप्रवासन

इजरायलले गाजा कब्जा गर्ने घोषणा गरेको छ ।

गाजा कब्जा गर्ने प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको प्रस्तावलाई इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो ।

यसअघि पटक पटक गाजालाई मानवरहित बनाउने चेतावनी दिँदै आएको इजरायलले गाजा नै कब्जा गर्ने घोषणा गरेको हो ।

योसँगै इजरायली सुरक्षा बलले गाजालाई कब्जामा लिनका लागि आवश्यक तयारी गर्ने बताइएको छ ।

उता, इजरायलको यस घोषणाप्रति हमासले गम्भीर चेतावनी दिएको छ।

हमासले नेतान्याहुले बाँकी रहेका बन्दीका बारेमा नसोचेको भन्दै गम्भीर परिणाम चुकाउनुपर्ने चेतावनी दिएको हो।

इजरायलको सो निर्णयको देशभित्र र बाहिर विरोध भएको छ ।

इजरायलका विभिन्न ठाउँमा निर्णयको विरोधमा प्रदर्शन भएको छ ।

यस्तै, संयुक्त राष्ट्र सङ्घ, बेलायत, अस्ट्रेलिया लगायतले इजरायलीको निर्णयको विरोध गरेका छन् ।

हमासले सन् २०२३ मा नेपाली विद्यार्थी विपिन जोशीसहित २५१ जनालाई बन्धक बनाएर गाजा लगेको थियो ।

जसमध्ये विपिनसहित ५० जना अझै पनि हमासको कब्जामा रहेका छन् ।

इजरायलको पछिल्लो घोषणाले विपिनको रिहाइ पनि थप अनिश्चित बनेको छ ।