ट्रम्प र पुटिन भेट

ट्रम्प र पुटिन आउँदो हप्ता अलस्कामा भेट्दै

आप्रवासन आप्रवासन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच आउँदो हप्ता भेटवार्ता हुने भएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत आगामी अगस्ट १५ अलस्कामा दुई बिच भेट हुने जानकारी गराएका हुन् ।

ओसाका सन् २०१९ मा  भएको भेटपछि ट्रम्प र पुटिनबिचको पहिलो प्रत्यक्ष वार्ता हुन लागेको हो ।

यसअघि यसै हप्ता मात्र ट्रम्पले आफ्ना एक विशेष दूतलाई पुटिनलाई भेट्न रुस पठाएका थिए ।

सो भेटलाई दुई नेताबिचको भेटघाटको आधारका रूपमा लिइएको थियो ।

दुई नेताबिच आगामी हप्ता तय भएको भेटको मुख्य एजेन्डा जारी रुस युक्रेन युद्ध अन्त्य हुने छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले समेत बैठकको पुष्टि गरेका छन् ।

पेस्कोभले अलस्का ‘रुसको नजिक भएकोले उपयुक्त स्थान भएको बताए।

बैठकमा युक्रेनको तर्फबाट तत्काल कुनै प्रतिक्रिया आइसकेको छैन।