बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीको पहिलो साता आम चुनाव हुने भएको छ ।
बङ्गलादेशको निर्वाचन आयोगले आउँदो फेब्रुअरी पहिलो सातालाई निर्वाचनको मिति तोकेको हो ।
बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले अर्को वर्ष फेब्रुअरीमा निर्वाचन हुने बताएको केही दिनमै आयोगले मिति तोकेको हो ।
आयोगले आयोग र निर्वाचन प्रक्रियाप्रति जनताको विश्वास घटेको भन्दै स्वतन्त्र र निष्पक्ष निर्वाचन निश्चित गर्नु अझै पनि ठुलो चुनौती रहेको बताएको छ ।
गत वर्ष भएको विद्यार्थी आन्दोलनका क्रममा हिंसा भड्किएपछि पूर्व प्रधानमन्त्री शेख हसिनालाई आन्दोलनबाट अपदस्थ गरिएको थियो ।
उनको दल आवामी लीगको गतिविधिमाथि प्रतिबन्ध लगाइएको छ ।
त्यसैले हाल पूर्व प्रधानमन्त्री खालिदा जियाको बङ्गलादेश नेसनलिस्ट पार्टी सबैभन्दा ठुलो दलका रूपमा रहेको छ ।
बङ्गलादेशको त्यो १३औँ संसदीय निर्वाचन हुनेछ ।