अस्ट्रेलियाले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने भएको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आगामी सेप्टेम्बरमा संयुक्त राष्ट्र सङ्घको महासभामा अस्ट्रेलियाले प्यालेस्टानलाई स्वतन्त्र राष्ट्रको मान्यता दिने घोषणा हुन् ।
फ्रान्स, क्यानडा र बेलायतले प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने घोषणा गरेको केही दिनपछि अस्ट्रेलियाले समेत सो घोषणा गरेको हो ।
प्रधानमन्त्री अल्बानिजले प्यालिस्टाइनी प्राधिकरणले अस्ट्रेलियासँग सेना र हतियारमा कटौती, आमनिर्वाचन आयोजना र इजरायलको अस्तित्वलाई मान्यता दिने लगायतका प्रतिबद्धता जनाएको समेत उल्लेख गरे ।
अल्बानिजले भने, “२ राष्ट्र समाधान मध्यपूर्वमा हिंसा अन्त्य गर्ने र गाजामा द्वन्द्व, पीडा र भोकमरी समाप्त गर्ने मानवताको सबैभन्दा ठुलो आशामध्ये एक हो।”
इजरायलले भने प्यालेस्टाइनलाई मान्यता दिने यी देशहरूको कदमलाई आतङ्कवादलाई पुरस्कार दिनु सरह भएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ ।