भारतको उत्तराखण्डमा गएको बाढीमा परेर अझै २६ जना नेपाली सम्पर्कविहीन रहेको पाइएको छ ।
भारतस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै उत्तर काशीमा २१ र पौडी गढवालमा ५ नेपाली बेपत्ता रहेको जानकारी गराएको हो ।
दूतावासले स्थानीय भारतीय अधिकारीहरूसँगको समन्वयमा हराइरहेकाहरूको खोजी कार्यका लागि पहल भइरहेको उल्लेख गरेको छ ।
यसअघि सोही बाढीमा बेपत्ता भएकामध्ये १३ जना नेपालीको भने सकुशल उद्धार गरिएको थियो ।