ट्रम्प-पुटिन भेटवार्ता

ट्रम्प-पुटिन भेटवार्ता आज, रोकिएला रुस-युक्रेन युद्ध?

आप्रवासन आप्रवासन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनबिच आज अमेरिकाको अलास्कामा भेटवार्ता हुँदै छ ।

ट्रम्प दोस्रो पटक राष्ट्रपति चुनिएपछि पहिलो पटक २ राष्ट्र प्रमुख बिच भेट हुन लागेको हो ।

भेटवार्ताको मुख्य एजेन्डा जारी रुस युक्रेन युद्ध अन्त्य रहेको बताइएको छ ।

सन् २०२२ देखि रुस र युक्रेन बिच युद्ध भइरहेको छ ।

हालसम्म दुवै तर्फ गरी हजारौँको मृत्यु भइसकेको छ भने अर्थतन्त्र जर्जर भएको छ ।

रुसले अहिलेसम्म युक्रेनको कुल भूभागको ५ भागको एक भाग कब्जा गरिसकेको बताइएको छ ।

त्यसैले ती भूभागसँगै थप भूभागमा रुस आफ्नो आधिपत्य चाहन्छ ।

युक्रेन पनि रुसले कब्जा गरेका ती भूभाग फिर्ता ल्याउन सङ्घर्षरत छ ।

ट्रम्पले शान्तिका लागि दुवै मुलुकले केही भूभाग साटासाट गर्नुपर्ने हुन सक्ने बताएका छन् ।

यस्तै, उनले पुटिनसँगको पहिलो चरणको वार्ता सकारात्मक भए दोस्रो चरणमा युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई समेत सामेल गराइने बताएका छन् ।

उता, जेलेन्स्कीले भने युक्रेनको कुनै पनि जमिन रुसलाई दिने कुरा अस्वीकार्य भएको बताएका छन् ।

यस परिस्थितका माझ ट्रम्प र पुटिनमाझ वार्ता हुन लागेको हो ।

रुस-युक्रेन युद्धका कारण ४० बढी नेपालीको ज्यान गइसकेको छ ।

अझै पनि केही नेपाली रुसी सेनामा छन् भने केही युक्रेनमा बन्दी अवस्थामा छन् ।

त्यसैले २ नेता बिचको वार्तालाई नेपालले समेत चासोका साथ हेरेको छ ।