इजरायल जाने कामदार

इजरायल जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ४ अस्पताल सूचीकृत

आप्रवासन आप्रवासन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल जान चाहने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि ४ वटा स्वास्थ्य संस्था सूचीकृत गरेको छ ।

मन्त्रालयले उच्च अदालत पाटनको उत्प्रेषण परमादेश आदेश अनुसार विज्ञ समितिको सिफारिसका आधारमा ४ वटा स्वास्थ्य संस्था सूचीकरण र एकको सूचीकरण स्थगन गरिएको जनाएको हो ।

जस अनुसार ललितपुरस्थित स्टार हस्पिटल, काठमाडौँस्थित ह्याम्स अस्पताल, काठमाडौँस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र काठमाडौँ किष्टल डायग्नोष्टिक प्रा.लि सूचीकरणमा परेका छन् ।

काठमाडौँमै रहेको नेपाल मेडिसिटी हस्पिटलको भने हाललाई सूचीकरण प्रक्रिया स्थगन गरिएको मन्त्रालयले जनाएको छ ।