म्यानमारमा चुनाव

डिसेम्बरमा चुनाव गराउने म्यानमारको सेनाको घोषणा

आप्रवासन आप्रवासन

म्यानमारको सैनिक सरकारले आगामी डिसेम्बरमा आम निर्वाचन गराउने घोषणा गरेको छ ।

म्यानमारको सैनिक सरकार प्रमुख जनरल मिन आङ ह्वाइङले आगामी डिसेम्बर २८ बाट चरणबद्ध आम चुनाव सुरु गर्ने घोषणा गरेका हुन् ।

म्यानमारमा सन् २०२१ मा  चुनावबाट निर्वाचित नेता आङ साङ सूचीलाई कैद गर्दै सेनाले सत्ता कब्जा गरेको थियो ।

सेनाले कू गरेपछि पहिलो पटक चुनाव गराउन खोजिएको हो ।

ह्वाइङले चुनाव ‘स्वतन्त्र र निष्पक्ष’ हुने दाबी गरेका छन् ।

तर उनको यस दाबी र सेनाले गर्ने भनिएको चुनावलाई विपक्षी र अन्तर्राष्ट्रिय समुदायले देखावटी भन्दै आलोचना गरेका छन्।

सन् २०२१ मा सेनाले शासन हत्याएपछि म्यानमार गम्भीर गृहयुद्धमा फसेको छ ।

म्यानमारको र विभिन्न जातीय सशस्त्र समूहबिच तीव्र द्वन्द्व भइरहेको छ।