वैदेशिक रोजगारीका लागि साउनमा ६८ हजारले देश छाडेका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामै ६८ हजार ११० नेपाली वैदेशिक रोजगारीमा गएका हुन् ।
यसरी वैदेशिक रोजगारीमा जानेमा ५८ हजार ९४८ पुरुष र ९ हजार १६२ महिला छन् ।
जसमध्ये सबैभन्दा धेरै अर्थात् ३१ हजार ८३० जना म्यानपावरमार्फत विदेश गएका छन् ।
व्यक्तिगत नयाँ श्रम स्वीकृति लिई ११ हजार ७७२ जना गएका छन् ।
साउनमा पुन श्रम स्वीकृति लिई विदेश जानेको सङ्ख्या २३ हजार ६४४ जना छ ।
यस अवधिमा सबैभन्दा धेरै श्रमिक युएई, साउदी अरब, कतार लगायतका मुलुक गएका छन् ।
यसबाहेक ८६४ नेपाली दक्षिण कोरिया, इजरायल र बेलायतमा जना गएका छन् ।
साउनको यो तथ्याङ्कले हरेक दिन २ हजार २७० जना नेपालीले रोजगारीका लागि देश छोडिरहेको देखाएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा पनि ८ लाख ३९ हजार २६६ युवा काम खोज्दै विदेशिएका थिए।