नेपाल एयरलाइन्स

२० दिनपछि बन्यो नेपाल एयरलाइन्सको न्यारोबडी, ४ वटै जहाज उडानमा

आप्रवासन आप्रवासन

२० दिनपछि नेपाल वायुसेवा निगमको लुम्बिनी नामक एयरबस ए–३२० जहाज उडानमा फर्किएको छ ।

गियर बक्समा समस्या देखिएपछि साउन २१ देखि ग्राउण्डेड यो जहाज मर्मत भई उडानका लागि तयार भएको हो ।

निगमका अनुसार सोमबार रातिदेखि जहाजले उडानमा भर्ने छ ।

योसँगै निगमसँग भएका ४ वटै जहाज सञ्चालनमा आएका छन् ।

निगमसँग ए-३३० सिरिजका २७४ सिटका २ वटा वाइडबडी र ए-३२० सिरिजका १५८ सिटका २ वटा न्यारोबडी गरी ४ अन्तर्राष्ट्रिय उडान भर्ने जहाज छन् ।

निगमले भारतको दिल्ली, मुम्बई, बैंङलौर, मलेसिया, हङकङ, बैंकक, जापान, कतार, साउदी अरेबिया र युएईमामा नियमित उडान गर्दै आएको छ ।