वैदेशिक रोजगारीमा जानेलाई ऋण

वैदेशिक रोजगारीमा जानेलाई लघुवित्तले ५ लाखसम्म ऋण दिन सक्ने

आप्रवासन आप्रवासन

लघुवित्त संस्थाहरुले वैदेशिक रोजगारीमा जानेलाई ५ लाखसम्म ऋण दिन सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ संशोधन गर्दै सो व्यवस्था गरेको हो ।

जसमार्फत अनुरुप वैदेशिक रोजगारी जानेलाई धितो लिई तथा नलिई लघुवित्तबाट ऋण उपलब्ध गराउने व्यवस्था गरिएको हो ।

यो व्यवस्थाअनुसार लघुवित्तमार्फत पुरुषको हकमा ३ लाख र महिलाको हकमा ५ लाख रुपैयाँ ऋण उपलब्ध गराइने छ ।

यसका लागि आन्तरिक विनियमावली लघुवित्त संस्थाहरूले बनाउन सक्नेछन् ।