युएईको जेलमा नेपाली

युएईको जेलमा ४७३ नेपाली

आप्रवासन आप्रवासन

रोजगारीका लागि युएई पुगेकामध्ये ४७३ नेपालीले जेल जीवन बिताइरहेको पाइएको छ ।

जेल पर्नेमा ४३७ पुरुष र ३६ महिला रहेको युएईस्थित नेपाली दूतावासले जनाएको छ । 

सबैभन्दा धेरै नेपाली लागुऔषध सेवन तथा ओसारपसारमा संलग्न भएर जेल परेका छन् । 

मदिरा उत्पादन, सेवन तथा बिक्री वितरणमा संलग्न भएका कारण जेल पर्ने पनि उल्लेख्य छन्।

झैझगडा, अवैध बसोबास तथा गतिविधि, आपराधिक क्रियाकलाप नेपाली जेल पर्नुको अरू कारण हुन् ।

दूतावासले ती नेपालीलाई कानुनी सहायता उपलब्ध गराइरहेको छ ।

कानुनी सहयोगी नियुक्ति पक्रिया समेत अघि बढाइएको छ । 

अवैध गतिविधिमा नलाग्न तथा युएईको कानुनको पालना गर्न समेत दूतावासले सचेत गराएको छ । 

युएई नेपालीको सबैभन्दा प्रमुख रोजगार गन्तव्य हो । 

युएईमा झन्डै ६ लाख नेपाली कार्यरत छन् ।