धार्मिक विद्यालयमा गोली प्रहार

अमेरिकाको एक धार्मिक विद्यालयमा गोली चल्दा २ बालबालिकाको मृत्यु, १७ जना घाइते

आप्रवासन आप्रवासन

अमेरिकाको मिनियापोलिसस्थित एक धार्मिक विद्यालयमा एक व्यक्तिले गोली चलाउँदा दुई बालबालिकाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

मिनियापोलिसस्थित क्याथोलिक चर्चमा प्रार्थना सभा (मास) मनाइरहेकाहरु माथि एक आक्रमण कारीले झ्यालबाट गोली प्रहार गरेका थिए। जहाँ ८ र १० वर्षका दुई बालबालिकाको मृत्यु भएको र १७ जना घाइते भएको प्रहरीको जनाएको छ।

विद्यालय पनि सञ्चालन हुने एनाउन्सिएसन चर्च बुधबार भएको गोलीकाण्डका बेला विद्यार्थीले भरिएको थियो। घाइते १७ जनामध्ये १४ जना बालबालिका रहेका छन् र उनीहरू सबैको उपचार भइरहेको छ।

२३ वर्षका आक्रमणकारी रोबिन वेस्टम्यानले घटनास्थलमै आफैँलाई गोली हानी आत्माहत्या गरेका छन्। उनको कुनै ‘महत्वपूर्ण आपराधिक इतिहास’ नभएको अधिकारीहरूले जनाएका छन्। प्रहरी प्रमुख ब्रायन ओ’हाराले हत्या भयावह भएको बताए। उनले भने ‘यो निर्दोष बालबालिका र पूजा गरिरहेका अरूमाथि गरिएको योजनाबद्ध हिंसात्मक आक्रमण हो।’

दक्षिण मिनियापोलिसको आवासीय क्षेत्रमा रहेको विद्यालयमा ५ देखि १४ वर्षसम्मका विद्यार्थीहरु अध्यन गर्ने गर्छन्। आक्रमणकारीकी आमा मेरी ग्रेस वेस्टम्यान सन् २०१६ को विद्यालयको समाचारपत्रअनुसार यसै विद्यालयमा कार्यरत थिइन्। फेसबुकमा गरिएको एक पोस्टअनुसार उनले २०२१ मा आफ्नो कामबाट अवकाश लिएकी थिइन्।

प्रहरीले घटनाको समयमा आक्रमणकारीले अनलाइनमा प्रकाशित गर्न राखेको नोट पनि भेट्टाएको छ। उक्त सामग्रीलाई हटाउन एफबीआईले सहयोग गरेको बताइएको छ। गभर्नर टिम वाल्जले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको टोलीले घटनाको जानकारी गराएको थियो।

अमेरिकाका विद्यालयहरुमा गोलिकाण्ड सामान्य जस्तै बन्दै जाँदा वर्षेनी सयौंले ज्यान गुमाउने गरेका छन्।

राष्ट्रपति ट्रम्पले घटनाप्रति दु:ख व्यक्त गर्दै पीडितप्रति सम्मान प्रकट गर्न र सहानुभुति जनाउन ह्वाइट हाउसमा अमेरिकी झण्डा आधा झुकाउने घोषणा गरेका छन्।