कुवेतमा डेलिभरी सेवा नियम

कुवेतले सेप्टेम्बर १ देखि मोटरसाइकल डेलिभरी सञ्चालन पुनः सुरु गर्ने

आप्रवासन आप्रवासन

कुवेतमा सेप्टेम्बर १ देखि डेलिभरीमा प्रयोग हुने मोटरसाइकल फेरि चलाउन पाइने भएको छ।

कुवेतको सामान्य ट्राफिक विभागले श्रम प्राधिकरणसँगको सहकार्यमा गर्मीको मौसममा कामदारलाई भीषण तापक्रमबाट जोगाउनका लागि गरिएको अस्थायी रोक हटाइएको हो ।

तर डेलिभरी गर्न दिए पनि केही प्रावधान भने लागु गरिएको छ । कुवेती पत्रिका अरब टाइम्सका अनुसार नयाँ नियमअनुसार दैनिक बिहान ११ बजे देखि दिउँसो ४ बजे सम्म मात्र मोटरसाइकल चलाउन पाइने छ भने डेलिभरी पनि तोकिएका क्षेत्रमा मात्रै गर्न पाइनेछ ।

राजमार्ग र रिङरोडको हकमा भने मोटरसाइकल चलाउन अझै प्रतिबन्ध कायम रहनेछ । कुवेतको गृह मन्त्रालयले यो निर्णयलाई ट्राफिक व्यवस्थापन र सडक सुरक्षा सुधार गर्ने योजनाको हिस्सा भनेको छ ।

साथै, गर्मी याममा गरिएको रोक कामदारको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर लिइएको “मानवतावादी कदम” भएको पनि दोहोर्याइएको छ । यसैले, कुवेतमा डेलिभरी गर्ने नेपाली कामदारहरूले सेप्टेम्बर १ देखि दिउँसो ११ देखि ४ बजेसम्म तोकिएको क्षेत्रभित्र मात्र मोटरसाइकल प्रयोग गर्न सक्नेछन् ।