अमेरिकाको प्रतिबन्ध

प्यालेस्टाइनपछि थप चार देशका प्रतिनिधिमाथि प्रतिबन्ध लगाउँदै अमेरिका

आप्रवासन आप्रवासन

अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघ महासभा बैठकअघि अमेरिकाले कडा नीति अपनाएको छ । 

अमेरिकाले अन्य धेरै देशका प्रतिनिधिमण्डलमाथि पनि नयाँ र कडा प्रतिबन्ध लगाउने योजना बनाइरहेको समाचार संस्था एपीले जनाएको छ ।

यसअघि प्रशासनले बैठकमा सहभागी हुन प्यालेस्टिनी नेता महमुद अब्बास र उनको प्रतिनिधिमण्डललाई भिसा दिन अस्वीकार गरेको थियो ।
 
अमेरिकी विदेश मन्त्रालयको एक आन्तरिक पत्रअनुसार इरान, सुडान, जिम्बाब्वे र ब्राजिलका प्रतिनिधिमन्डलमाथि चाँडै यात्रा र अन्य कडा प्रतिबन्धहरू लगाइने सम्भावना छ । 

संयुक्त राष्ट्रसंघ महासभा बैठक सेप्टेम्बर २२ बाट सुरु हुँदै छ, जसमा विश्वका धेरै शीर्ष नेताहरूले भाग लिनेछन् ।

इरानी कूटनीतिज्ञहरूमाथि भने पहिलेदेखि नै धेरै प्रतिबन्धहरू भएकाले इरानी कूटनीतिज्ञहरूको न्युयोर्कमा आवतजावत पहिलेदेखि नै सीमित छ । 

एउटा प्रस्तावमा उनीहरूलाई विदेश मन्त्रालयबाट पूर्वस्वीकृति नलिई कोस्टाको र साम्स क्लबजस्ता ठूला र सदस्यहरूका लागि मात्र खोलिएका थोक पसलहरूमा किनमेल गर्न प्रतिबन्ध लगाउने उल्लेख छ ।