इजरायली सेनाले गाजा सहरमा रहेको एउटा अग्लो भवन भत्काएको छ। ठुलो भवनलाई निशाना बनाएको यो लगातार दोस्रो दिन हो । रक्षामन्त्री इजरायल काट्जले एक्समा भवन भत्किँदाको भिडियो सार्वजनिक गरे।
इजरायल रक्षा बल (आईडीएफ)ले हमासले सुसी टावर प्रयोग गरिरहेको बताएको छ। तर हमासले यो दाबीलाई अस्वीकार गरेको छ । कुनै भागाभाग भएको छ कि छैन भन्ने कुरा स्पष्ट छैन ।
शनिबारको आक्रमण अघि इजरायलले प्यालेस्टिनीहरूलाई मानवीय क्षेत्र भनिने दक्षिणतिर सर्न आग्रह गर्दै पर्चा खसालेको थियो । सुसी टावर पछिल्ला केही दिनमा ध्वस्त भएको दोस्रो सबैभन्दा अग्लो भवन हो ।
शुक्रबार सामाजिक सञ्जालमा शहरको अल–रिमल क्षेत्रमा रहेको मुशताहा टावर ठुलो विस्फोटपछि भत्किएको भिडियो सेयर गरिएको थियो ।