त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।
देशमा देखिएको विषम परिस्थिति र विमानस्थल आसपास धुँवा कामयै रहेपछि बन्द रहेको विमानस्थल खुलाउने निर्णय भएको हो ।
बुधबार बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समिति बैठकको निर्णयानुसार पुनः विमानस्थल सञ्चालन गर्ने निर्णय भएको विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
हवाई उडानका लागि विमानस्थल आवागमन गर्ने यात्रुले आ-आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिएर मात्र विमानस्थल आउजाउ गर्न भनिएको छ ।
साथै यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउन भनिएको छ । मंगलबारदेखि विमानस्थलमा उडान अवतरण बन्द गरिएको थियो ।