त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको भीड

आप्रवासन आप्रवासन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढेको छ।

जेनजी आन्दोलनपछि विकसित परिस्थितिका कारण मंगलबार दिउँसोदेखि बन्द विमानस्थलबाट उडान शुरु भएपछि विमानस्थलमा यात्रुले चाप बढेको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।

शेर्पाका अनुसार बिहानैदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान पूर्ववत अवस्था मै भइरहेको हो। विमानस्थल सुरक्षा समितिको बैठकले बन्द गरिएको विमानस्थल बुधबार साँझदेखि पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो ।

विमानस्थल प्रशासनले यात्रलाई आफ्ना टिकट किनेका एजेन्सी वा सम्बन्धित वायुसेवासँग सम्पर्क गरेर मात्रै विमानस्थलमा आउन आग्रह समेत गरेको छ । 

यसरी आवतजावत गर्दा आधिकारिक हवाइ टिकट र परिचय खुल्ने कागजात साथमा बोक्न पनि नागरिक उड्डयन प्राधिकरणको विमानस्थल कार्यालयले अनुरोध गरेको छ।