अमेरिकाले बेलायतमा १५० बिलियन पाउन्ड बराबरको लगानी गर्ने

आप्रवासन आप्रवासन

अमेरिकाले बेलायतमा १५० बिलियन पाउन्ड लगानी गर्ने घोषणा गरेको छ । 

राष्ट्रपति डोनाल्ड ट्रम्पको बेलायत भ्रमणका क्रममा अमेरिकाले यो लगानी प्याकेजको घोषणा गरेको हो ।

बेलायती सरकारले यसलाई “सबैभन्दा ठूलो व्यावसायिक सम्झौता” बताउँदै यसबाट देशभर ७ हजार ६०० उच्च गुणस्तरीय रोजगारी सिर्जना हुने अपेक्षा गरेको छ ।

विश्वकै ठूलो वैकल्पिक लगानी व्यवस्थापक कम्पनी ब्ल्याकस्टोनले आगामी १० वर्षमा बेलायतमा मात्रै ९० बिलियन पाउन्ड लगानी गर्ने योजना सार्वजनिक गरेको छ ।

यस लगानीबाट बेलफास्टमा १,००० र ग्लास्गोदेखि वर्रिङटन, मिडल्यान्ड्स र उत्तरपूर्वसम्म ६,००० भन्दा बढी नयाँ रोजगारी सिर्जना हुने बताइएको छ ।

सरकारले स्वच्छ ऊर्जा, बायोटेक र कृत्रिम बुद्धिमत्ता क्षेत्रमा तालिम र करियरमार्फत कामदार वर्गलाई वास्तविक अवसर दिने प्रतिबद्धता जनाएको छ । 

यससँगै अमेरिका र बेलायतबीच नयाँ टेक प्रोस्पेरिटी डिलमा हस्ताक्षर हुनेछ। यो सम्झौताले दुवै देशमा नयाँ आणविक ऊर्जा विकासलाई तीव्र बनाउने लक्ष्य राखेको छ।

अमेरिका र बेलायतको सम्बन्ध ऐतिहासिक रूपमा निकै गहिरो, बहुआयामिक र विश्व राजनीति, अर्थतन्त्र तथा सुरक्षाका लागि महत्त्वपूर्ण मानिन्छ। यसलाई प्रायः ‘विशेष सम्बन्ध’ भनेर पनि चिनिन्छ ।