रुस युक्रेन युद्ध

रुसबाट युक्रेनले आफ्नो भू–भाग फिर्ता लिन सक्ने ट्रम्पको धारणा

आप्रवासन आप्रवासन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले कब्जा गरेका सम्पूर्ण भूभाग युक्रेनले फिर्ता लिन सक्ने बताएका छन। 

यसलाई युक्रेनप्रति ट्रम्पको धारणामा आएको नाटकीय परिवर्तनका रुपमा हेरिएको छ। संयुक्त राष्ट्रसंघ महासभामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीसँग भेट भएपछि ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै, युरोप र नाटोको सहयोगमा युक्रेन आफ्नो मूल सीमासम्म फर्किन सक्ने बताए। 

यसअघि ट्रम्पले युक्रेनले केही भू–भाग सम्झौतामा गर्नुपर्ने बताउदै आएका थिए। ट्रम्पले महासभामा भाषण दिंदै रुसको लामो युद्धलाई कागजी बाघ संज्ञा दिदैँ यूरोपलाई रूसी तेल–ग्यास खरिद पूर्णरूपमा रोक्न आग्रह गरे। 

उता ट्रम्पको समर्थनलाई जेलिन्स्कीले गेम चेन्जर भनेका छन्। जेलिन्स्कीले राष्ट्रसंघ सुरक्षा परिषद्को विशेष सत्रमा अमेरिकालाई रुसमाथि अझै कडा दबाब दिन अपील गरेका थिए। फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले पनि अमेरिकाको नयाँ समर्थनलाई स्वागत गरे।