अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधि आयातमा १०० प्रतिशतसम्म भन्सार शुल्क लगाउने घोषणा गरेका छन्।
उनले ब्राण्डेड र पेटेन्टेड औषधि आयातमा कर लगाउने र आगामी अक्टोबर १ देखि नै लागु हुने घोषणा गरेका हुन्।
ट्रम्पले अमेरिकी नागरिकसामु औषधिको मूल्य घटाउने वाचा गरेका छन् भने औषधि निर्यातकर्ता देशहरूमाथि कर थोपरिरहेका छन्।
ट्रम्पको यो कदमलाई औषधि उद्योगहरू अमेरिकामै सञ्चालन गर्न दबाब दिने रणनीतिका रूपमा हेरिकएको सीएनएनले जनाएको छ ।
भारत अमेरिकामा सबैभन्दा धेरै औषधि निर्यात गर्ने देश हो । अमेरिकी राष्ट्रपतिको यो निर्णयले भारतीय औषधि उत्पादक कम्पनीहरु प्रभावित हुने अनुमान गरिएको छ।
अमेरिकाले भारतीय उत्पादनमाथि यसअघि नै ५० प्रतिशत भन्सार शुल्क लगाइसकेको छ