यस्तो छ विदेशी मुद्राको विनिमय दर

आप्रवासन आप्रवासन

 नेपाल राष्ट्र बैङ्कले बिहीबारका (आज) कालागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ १८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ५७, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ४ पैसा र बिक्रीदर १९० रुपैयाँ ८५ पैसा कायम गरिएको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।