अमेरिकाको टेनेसी राज्यमा विस्फोटक पदार्थ उत्पादन गर्ने कम्पनीमा विस्फोट हुँदा १६ जनाको मृत्यु भएको छ।
टेनेसीको मुख्य सहर न्यासभिलबाट करिब एक घण्टा दक्षिण–पश्चिमतर्फ, हिकम्यान र हाम्फ्रिज काउन्टीको सीमामा सञ्चालित एक्युरेट इनर्जेटिक सिस्टम नामक कम्पनीमा स्थानीय समयअनुसार शुक्रबार विष्फोट हुँदा १६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हम्फ्रेज काउन्टीका शेरिफ क्रिस डेभिसका अनुसार विस्फोटपछि बेपत्ता कामदारहरूको कोही पनि जीवित नरहेको पत्रकार सम्मेलनमा जानकारी दिए। १५ माइल टाढासम्म महसुस गर्न सकिने गरी भएको ठूलो विस्फोट भएको थियो।
सैनिक र विध्वंशक प्रयोजनका लागि विस्फोटक पदार्थ उत्पादन गर्ने कम्पनी भएकोले कोही पनि जीवित नहरहेको डेसिले बताएका छ, । विस्फोटका कारण सवारी साधन जलेर नष्ट र भवन भग्नावशेष भएको छ।
घटनाबारे एफबीआईलगायत अमेरिकी संघीय निकायहरूले अनुसन्धान गरिरहेका छन्।