सोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दक्षिण कोरिया आइपुग्नुभन्दा केही घण्टा अगाडि उत्तर कोरियाले अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । ट्रम्प एसिया प्रशान्त आर्थिक सहयोग बैठकमा भाग लिन दक्षिण कोरिया जाँदैछन् ।
सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र परीक्षण गरेको दाबी उत्तर कोरियाले गरेको छ । बीबीसी दक्षिण कोरिया संवाददाता जेक क्वोनका अनुसार यो परीक्षण उत्तर कोरियाको आणविक हतियारलाई वैध बनाउने सानो प्रतीकात्मक प्रयास मानिएको छ ।
दक्षिण कोरियाको सरकारी सञ्चार माध्यमका अनुसार क्षेप्यास्त्रहरू ठाडो पारेर आकाशतिर प्रहार गरिएका थिए र लगभग ७ हजार ८०० सेकेन्डसम्म हावामा रहेका थिए । दक्षिण कोरियाको भ्रमणको क्रममा ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट्ने अफवाह सुन्नमा आएको भएपनि अहिलेसम्म यसको कुनै संकेत पाइएको छैन ।
ट्रम्पले बुधबार दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङसँग भेट गर्नेछन् । दक्षिण कोरिया अमेरिकासँग व्यापार सम्झौतालाई अन्तिम रूप दिनु पर्ने दबाबमा छ ।