सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

आप्रवासन आप्रवासन

नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सोमबार तोलामा २ लाख ३९ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको हो । 

यस आधारमा छापावाल सुन तोलामा २ हजार ८०० रुपैयाँ कायम भएको छ । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ३ हजार ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा ३ हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।