सुनको मूल्य तोलामा साढे २ लाख रुपैयाँ नाघ्यो

आप्रवासन आप्रवासन

नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा साढे २ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ५० हजार ६०० रुपैयाँ पुगेको हो । 

यसअघि बिहीबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ४०० रुपैयाँ कायम भएको थियो । 

यसैबीच बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार २८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर ३ हजार ३४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।