इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली यात्रुका लागि ट्रान्जिट डेस्क

आप्रवासन आप्रवासन

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले तेस्रो मुलुकतर्फ यात्रा गर्ने नेपाली यात्रुका लागि विशेष ट्रान्जिट डेस्क सञ्चालनमा ल्याएको छ।

यो नयाँ सुविधा नेपाली नागरिकको ट्रान्जिट प्रक्रिया सहज बनाउन, अनावश्यक ढिलाइ घटाउन र अन्तर्राष्ट्रिय यात्रा अझ सरल बनाउन तयार गरिएको हो। नेपाली दूतावासको समन्वयमा सञ्चालन हुने डेस्कले यात्रुको कागजात प्रमाणीकरण, मार्गनिर्देशन तथा सुरक्षासम्बन्धी आवश्यक सहयोग प्रदान गर्नेछ।

पछिल्ला वर्षमा गल्फ, युरोप, अमेरिका र विभिन्न एसियाली मुलुकतर्फ दिल्ली हुँदै यात्रा गर्ने नेपालीको संख्या बढ्दै गएसँगै कागजात अभाव वा त्रुटिका कारण उडान छुट्ने समस्या देखिँदै आएको थियो। यसलाई रोक्न र यात्रुलाई सहजता प्रदान गर्न यो ट्रान्जिट डेस्क प्रभावकारी उपायको रूपमा सञ्चालनमा आएको हो।

नयाँ डेस्कले नेपाली यात्रुहरूको अन्तर्राष्ट्रिय यात्रामा सुरक्षा, गति र सुविधा बढाउने महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।