गोवा रेस्टुरेन्टमा भीषण आगलागी: नेपाली सहित २५ जनाको मृत्यु

आप्रवासन आप्रवासन

भारतको गोवास्थित एक रेस्टुरेन्टमा शनिबार राति भएको भीषण आगलागीमा २५ जनाको मृत्यु भएको छ, जसमा नेपाली शेफ पूर्णबहादुर पनि परेका छन्। किचेनमा कार्यरत रहेका उनी घटनास्थलमै ज्यान गुमाएका हुन् भने अन्य मृतकका शवहरू स्थानीय मेडिकल कलेजमा राखिएका छन्।

दुर्घटनापछि सरकारी संयन्त्र उद्धार र व्यवस्थापनमा जुटिरहँदा गोवामा राजनीतिक प्रतिक्रिया तीव्र बनेको छ। कांग्रेस अध्यक्ष अमित पाटकरले यस घटनालाई “गोवाको पर्यटन इतिहासकै कालो दिन” भन्दै मुख्यमन्त्री प्रमोद सावन्तको अक्षमता कारण यस्तो त्रासदी भएको आरोप लगाए।

कांग्रेस सांसद भिरियातो फर्नान्डेजका अनुसार रेस्टुरेन्टभित्र प्रयोग गरिएको पाइरो गन ९आगो निकाल्ने उपकरण० बाट निस्किएको आगोले ग्यास सिलिन्डर विस्फोट गराएको प्रारम्भिक आकलन छ। उनले रेस्टुरेन्टले अनुमति र सुरक्षासम्बन्धी नियमको उल्लङ्घन गरेको दाबी गर्दै घटनामा न्यायिक छानबिनको माग गरेका छन्।