जनवरीदेखि ८५ हजार अमेरिकी भिसा रद्द

आप्रवासन आप्रवासन

अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाइ गरेपछि यस वर्ष जनवरीदेखि हालसम्म ८५ हजार भिसा रद्द गरेको छ।

विभागले सामाजिक सञ्जालमार्फत ट्रम्प प्रशासनको कडा आप्रवासन निरीक्षण र राष्ट्रिय सुरक्षा प्रतिबद्धतालाई जोड दिँदै उक्त जानकारी सार्वजनिक गरेको हो। पोस्टमा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्वीरसँगै “अमेरिकालाई फेरि सुरक्षित बनाउनुहोस्” भन्ने नारा पनि राखिएको थियो, जसले प्रशासनको कडा भिसा नीतिलाई मजबुत बनाउने उद्देश्य राखेको छ।

विदेश विभागका वरिष्ठ अधिकारीका अनुसार रद्द गरिएका भिसामध्ये आठ हजारभन्दा बढी विद्यार्थी भिसा रहेका छन्। अधिकांश भिसा असुरक्षित गाडी चलाउने, चोरी वा आक्रमण जस्ता अपराधका कारण रद्द गरिएको बताए। ट्रम्पको दोस्रो कार्यकालमा विदेश विभागले भिसा आवेदनहरूको समीक्षा र भिसा भएकाहरूको अनुगमन प्रक्रियालाई थप कडा बनाएको छ। साथै, विदेशी प्रतिभा खोज्ने प्रमुख ‘एच–वान–बी’ भिसा कार्यक्रमको जाँच पनि बढाइएको छ।