एकैदिन ७ हजार ९०० रुपैयाँले घट्यो सुनको मूल्य

आप्रवासन आप्रवासन

सुनको मूल्य एकैदिन एकैदिन ७ हजार ९०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको हो ।  आइतबार यो मूल्य २ लाख ७० हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ३०५ रुपैयाँ घटेको छ । योसँगै चाँदीको मूल्य ४५९० रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदी प्रतितोला ४८९५ रुपैयाँमा कारोबार भएको थियो ।