सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

आप्रवासन आप्रवासन

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ। 

बिहीबार प्रतितोला दुई हजार रूपैयाँ घटेको सुनको भाउ शुक्रबार प्रतितोला दुई हजार एक सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। 

बिहीबार सुन प्रतितोला दुई लाख ६५ हजार सात सय रूपैयाँमा किनबेच भएको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य भने घटेको छ। 

बिहीबार तोलामा चार हजार आठ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार सात सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।