सुनको मूल्य तोलामा ३ लाख ४ हजार नजिक

आप्रवासन आप्रवासन

आइतबार सुनको मूल्य तोलामा ३ लाख ४ हजार नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिनको कारोबारमा छापावाल सुन तोलामा ३ लाख ३ हजार ८०० रुपैयाँ पुगेको हो । 

यसअघि शुक्रबार छापावाल सुन तोलामा ३ लाख १ हजार ४०० रुपैयाँ कायम भएको थियो । आइतबार कायम भएको मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ६ हजार १९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा ६ हजार ४८० रुपैयाँ कायम भएको हो ।