हवाई यात्रामा सास्ती

"हवाई यात्रामा यात्रुले धेरै सास्ती व्यहोर्नु परिरहेको छ"

आप्रवासन आप्रवासन

हवाई यात्रामा यात्रुहरूले सास्ती भोग्नु परिरहेको विषय संसद्मा उठेको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्र नाथ सुक्लाले हवाई यात्रामा लामो समयसम्म आकाशमा जहाज होल्ड हुँदा यात्रुहरूले सास्ती भोग्नु परिरहेको बताएका हुन् ।

लामो समयसम्म जहाजहरू आकाशमा होल्ड हुँदा यात्रुहरूले मानसिक तनाव समेत झेल्नु परेको उनको भनाई छ ।

सांसद सुक्लाले यसबाट ७५ लाख रुपैयाँ अतिरिक्त खर्च भइरहेको र त्यसको भर्पाई समेत यात्रुबाटै हुने गरेको बताएका हुन् ।